हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिकामा शुक्रबार दिउँसो आगलागी हुदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । सिरहा नगरपालिका वडा ८ मा आगलागी बाट ४० लाख मुल्य बराबरको क्षती भएको छ । शुक्रवार दिउँसो बिधुतिय सट सर्किट भएर आगलगी हुँदा स्थानिय किशुन यादवको घर जलेर नष्ट भएको स्थानियले बताएका छन ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुडा, सुन चाँदिका गहनाहरु र नगद सहित गरि करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको परिवार जनले बताए ।

आगलागी भएपछि स्थानिय र बारुद नियन्त्रणको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको खबर पाउना साथ नेपाल रेडक्रस सोसाईटी सिरहा द्वारा क्रिपाल र बाल्टिन् सहयोग गरेको छ । यस्तै संयुक्त रुपमा विजय यादव, रामकुमार यादव, संजय यादव, रामपुकार र महेन्द्र साह आर्थिक रुपमा समेत सहयोग गरेको विजय यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.