हुलाकी न्युज, इनरुवा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका १ लौकहीमा विहिवार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख २०८१ नम्बरको ट्रकले विपरित दिशामा रहेको स ४ प १८२९ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको हो । दुर्घटनामा परी सप्तरीको कन्चनरुप नगरपालिकाका पंकज कुमार यादवको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।



