
अर्कना खातुन, काठमाण्डौ । बुधबार साँझ बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा भएको अवार्ड कार्यक्रममा इसेवाका सिइओ अस्गर अलीलाई ‘यङ सिईओ अफ दि यर’ को अवार्ड प्राप्त भएको छ ।
नेपालमै पहिलो पटक आयोजना भएको सिइओ समिट तथा अवार्ड कार्यक्रममा नेपाल तथा विभिन्न देशबाट आवेदनहरु परेका थिए । सार्क तथा एशियाका विभिन्न देशहरुलाई उछिँदै अलीले ‘यङ सिईओ अफ दि यर’ विधामा अवार्ड हात पारेका हुन् ।
अलि भन्छन्, ‘नामै नराखि प्रथम पटक यसको प्रयोग बैंकिङ सेवा पैसा ट्रन्सफरबाट सन् २००७ बाट थालेका थियौं । योजना अनुसार सुरुमा एसएमएस, मोबाईल इन्टरनेट बैंकिङहरु बनाउँन थाल्यौं । ग्राहकलाई आफ्नो खाता सेक्योर छ भने विश्वास दिलाउने खालको सिस्टम बनाएका थियौं । ’
जब संसारले आज आईटिलाई नै गुलाम बनाएको छ भने हाम्रो देश किन पछि हटोस् र ? जब आईटिको गुलामीमा पनि छुट्टै मज्ज छ भने त्यस गुलामलाई किन साथी नबनाउँने । जुन समयमा हाम्रो देशमा मोबाइलको आगमन भर्खरै उकालो लाग्दै थियो त्यो बेला देखि लिएर अहिलेसम्म निरन्तर लागियो र मिहिनेतको प्रयासले आज सफल बनाएको छ ।
अलिलाई उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवद्वारा अवार्ड प्रदान गरियो । अवार्ड वितरण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।



