
अर्कना खातुन, काठमाण्डौ । सोमबार युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा भएको दुखद घटना प्रति नेपाल बंगलादेश मेडिकल वेलफेयर सोसाइटिद्वारा मृतकहरूको आत्माको चिर शान्तिका लागि मैनवति प्रज्जवलन गरि श्रद्धान्जली व्यक्त गरिएको छ ।
सोसाइटिका अध्यक्ष रजनिस अधिकारीले, हामी अहिलेसम्म यो घटना प्रति स्तब्द रहेको बताए । उनले भने, दुर्भाग्यपूर्ण घटेको दुर्घटना प्रति हामी दुखद ब्यक्त गर्छौ साथै घाईतेहरूको शिध्र स्वास्थ लाभको कामना पनि गर्दैछौ । मैनवति प्रज्जवलन गरि श्रद्धान्जलीका लागि बंगलादेशमै रहि अध्ययन गरिरहेका केहि नेपाली विद्यार्थी तथा बंगलादेशका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सोमबारसम्म मृत्यु भएका संख्या ४९ थियो भने मंगलबार उपचारका क्रममा रहेका थप २ को मृत्यु पश्चात ५१ पुगेको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ बंगलादेशी र एक चिनियाँका नागरिक थिए । अन्य २० जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए । मृत्यु भएका ५१ जना मध्ये १३ जना जलालाबाद रगिब रबेय मेडिकल कलेजका विद्यार्थी थिए । त्यसैगरि एक जना कुमुदिनी वुमेन्स कलेजकी थिइन् ।




