हुलाकी न्युज, सिरहा । सिरहालाई यही चैत्र ९ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको छ । सिरहाका १ लाख १८ हजार घरमै शौचालय बनेपछि जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले चैत्र ९ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भएको समितिका सदस्य सचिव राजेश कुशहवाले जानकारी दिएकाछन् ।
सिरहाका सबै घर तथा सार्वजनिक स्थानमा पनि शौचालय बनेका छन् । सरसफाइ अभियानका क्रममा मात्र ९ वटा सार्वजनिक शौचालय बनाएको सदस्य सचिव कुशहवाले जानकारी दिएकाछन्
चैत्र ९ गते हुने खुला दिसामुक्त जिल्ला सिरहाको क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (आरवाससीसी) ले चैत्र १ गते अनुगमन गरि सबै घरमा शौचालय बनिसकेको प्रमाणीकरण गर्नेछ ।
खुलादिसामुक्त घोषणा समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न डीवाससीसी सिरहाका अध्यक्ष एवं जिल्ला समन्वय समिति सिरहाका प्रमुखको संयोजकत्वमा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित २५० सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिएको सदस्य सचिव कुशहवाले जानकारी दिएकाछन् । यसका साथै मन्च सजावट तथा ब्यबस्थापन, आर्थिक व्यबस्थापन, अतिथि व्यबस्थापन, ब्याच तथा स्मारिका तयारी लगायत २१ वटा उपसमिति गठन गरिएको छ ।
प्रमुख अतिथिको टुङ्गो भने अझै लागिसकेको छैन । चैत्र ९ गते पछि सिरहा जिल्ला देशको ४८ औं र प्रदेश नम्बर २ को पहिलो खुलादिसामुक्त जिल्ला बन्नेछ । नयाँ संरचना अनुसार ७७ जिल्ला मध्ये ४७ वटा जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.