अर्कना खातुन, काठमाण्डौं ।
राजधानीमा शुक्रबार जुम्माको नमाजमा मुस्लिम समुदायले सिरियाको लागि दुवा(प्रथना) गरे । साथै प्रथना गर्न सकेपछि रत्नपार्कको शान्तिवाटिकामा राष्ट्रीय मुस्लिम संघर्ष गठबंधनद्वारा सिरियामा भैरहेको हत्या आतङ्क विरुद्ध शान्तिपूर्ण विरोधसभा प्रदर्शन पनि गरे ।

सभामा महिला मुस्लिम समाज कल्यानकी अध्यक्ष सिमा खानले, ‘मानव अधिकार सबैको मौलिक अधिकार हो । चाहे पुरुष होस वा महिला यहाँ मानव अधिकारको हनन हुँदैछ ।’ उनले भनिन्, ‘जब हामी यूएनलाई प्रश्न गर्छौ सिरियाका लागि खइ के गर्दै छौ भनि उनीहरुको सधै एउटै जवाफ हुन्छ, हामी मिटिङमा छौ भनेर ।’

खानले भनिन्, ‘लाखौ महिला र बालबालीकाहरुको मृत्यु हुँदैछ । कहिलेसम्म महिला र बच्चाहरु शिकार हुने र ? कहिलेसम्म बमबारीको अन्डरमा डराएर बस्ने मुस्लिमहरु ? अब सबैले आ–आफ्नो संस्थाबाट पाइला चलि यस विषयलाई अन्तर्राष्ट्रिय स्तरसम्म जसरी पनि पुर्याउनै पर्ने समय आइसकेको छ ।’

मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतर हुसेन फारुकीले सभालाई सम्बोधन गर्दै भने, ‘सिरियामा जुन बम आक्रमान हुँदैछ जसले गर्दा बच्चाहरु र महिलाहरुको जुन किसिमले हत्या भएको छ त्यो घोर निन्दनिय छ । हामी नेपाली जनताहरु त्यस्तो खालको अमानिय र नरसंहार कदापी स्विकार गर्दैनौ ।’ उनले भने, ‘यदि त्यो घटना हाम्रो मुलुकको छेउछाउ कतै नजिक भएको भए हामीले देखाइदिने थियौ ।’

फारुकीले भने, ‘हामी यहाँ बसेर सोसल मिडियामार्फत हेरिरहेका छौ ७ वर्षको एउटा बालकले भँदै छ हामी यहाँ जे व्यहोरी रहेका छौ जे भोगिरहेका छौ त्यो सब गएर म अल्लाहलाई भन्ने छु ।’ ‘त्यो बालकको संवेदनशील गुहारले संसार भरि सबैलाई लज्जित बनाएको छ । तरपनि सब चुपलागेर बसेका छन् । हामी त्यो हेरेर रुन बाहेक केहि गर्न सकिरहेका छैनौ । केवल यहाँ बसेर प्रथना मात्र गर्न सक्छौ । हामी बस विरोध गरेर अन्तर्राष्ट्रिय मानवहरुलाई जगाउँन सक्छौ ।’

त्यसैगरि राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव जाकिर हुसेनले भने, ‘पुल्चोकको संयुक्त राष्ट्रसंघमा आज हामीले ज्ञापन पत्र बुझाएका छौ ।’ उनले बताए, ‘सिरियामा भैरहेको घटना रोकन संयुक्त राष्ट्रसंघले कदम चाल्नैपर्ने छ । प्रेस विज्ञप्ती जारी गर्दै सिरिया घटनामा संयुक्त राष्ट्रसंघको मौनता लज्जास्पद रहेको छ ।’

मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष महम्मद निजामुदिनले भने, ‘अहिले आफ्नो मन भित्र आक्रोश राख्ने समय होइन बरु त्यो आक्रोशलाई निकाल्ने समय हो । सिरियामा भएको घटना अमानिय छ । सम्पूर्ण नेपालीहरु काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बेला छ । सिरियामा जुन प्रकारको घटना घट्यो भोली गएर अन्य देशमा त्यस्ता घटनाहरु नघट्ला वा नदोहोरिएला भन्न् सकिन्न् । हामीले सधै ५ पटक नमाज पढ्ने गरेका छौ तर अहिले नचाहाँदा नचाहँदै पनि बाध्यताले रुँदै जनाजाको नमाज गरि ६ पटक पढ्दैछौं ।

सभामा नेताहरु, मुस्लिम बुद्धिजिविहरु, मुस्लिम अगुवाहरु, विद्यार्थीहरू तथा विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.