हुलाकी न्यूज, जलेश्वर, १५ भदौ । एकीकृत नेकपा माओवादीको वर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी) आन्दोलनमा उत्रेको छ ।
मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा, अविलम्व सेना फिर्ता, अन्तरिम संबिधान अनुसार थारु, मधेशी, आदिवासीको आधारमा मधेशमा दुई प्रदेशको सिमांकन, समानुपातिक समावेसिताको व्यवस्था, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, त्रिभाषिक नीति, पूर्ण रुपमा नागरिकता समस्या समाधान, मधेशी, थारु, जनजाति, मुस्लिमको केन्द्र र प्रदेश तहमा छुट्टाछुट्टै संवैधानिक आयोग गठन लगायतका १० बुँदे मागसहित आन्दोनलमा उत्रेको मोर्चाले जनाएको छ ।
संगठनका केन्द्रिय अध्यक्ष रामकुमार शर्माको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष जिवछ चौधरीको अध्यक्षतामा एमाओवादी पार्टी कार्यालयमा बसेको बैठकमा माग सम्बोधन गर्न भदौ १४ गते क्षेत्रीय भेला, १५ गते गाउँगाउँमा मसाल जुलुस, १६ गते सर्वपक्षिय अन्तरक्रिया र १७ गते वृहत जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको सुचना तथा संचार विभाग संयोजक सत्येन्द्र यादवले जनाएका छन ।



