हुलाकी न्यूज, नेपालगंज ।
सिरियामा भएको नरसंघारका विरुद्ध स्वतन्त्र मधेश गठबन्धन बाकेंले प्रदर्शन गरेको छ ।

गठबन्धनले प्लेकार्डसहित प्रदर्शन गर्दै शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

हालै सिरियामा भएको नरसंघारमा बालबालिका र महिलाहरुसहित सयौको ज्यान गएको थियो ।

घटनाको घोर भर्त्सना गर्दै गठबन्धनले प्लेकार्डसहित मैन बत्तीबाली मृतकको आत्माको शान्तिका लागी प्रार्थना गरेको छ ।

संयुक्त राष्ट्र संघको गैर जिम्मेवारीक भुमिकाप्रति खेद व्यक्त गर्दै तत्काल यस प्रकारको कार्य रोकी सान्तिप्रक्रियाबाट समस्याको समाधानगर्न सम्बन्धित सबैमा गठबन्धनले अनुरोध गरेको छ।

कार्यक्रममा गठबन्धनका बाकें जिल्ला संयोजक ईरफान शेषले २१ औं सताब्दीमा यस्तो दर्दपूर्ण घटना हुनु संसारका लागि दुख्द भएको बताए । त्यहाा विद्रोही पक्षले पनि शान्तिपूर्णबाटो अंगालनु पर्ने तथा सिरियाको सरकारले पनि नागरिकप्रति जिम्मेवार हुनु पर्ने शेषले बताए ।

कार्यक्रममा सयौंको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक हरपाल सिहंले हालै धनुषा जिल्लाबाट गिरफ्तार भएका दिप कुमार यादवलाई धनुषा पुलिसले झुठा आरोपमा पक्राउ गरेको बताए । विना कुनै मुद्दा थुनामा राखी गरिएको मानवअधिकारको उलंघनप्रति सिंहले ध्यानाकषर्ण गराए ।

स्वतन्त्र मधेश गठबन्धनको सम्पूर्ण क्रियाकलापको विवेचना भई हालै विशेष अदालत काठमाडौंबाट ३३ जनाले पूर्ण सफाई पाईसकेको जानकारी उनले गराए ।

कार्यक्रममा रियाज अंसारी, मुकिम, अन्सारी, दयापाल, मेहदीहसन आदीको उपस्थित थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.