हुलाकी न्युज, सिरहा । घरेलु तथा साना उद्योग कार्यालय लहानका उद्योग अधिकृत राजेन्द्रकुमार लालकर्णलाई बुधवार बेलुका ६ बजे तिर अख्तियार दुरुपयोग अनुसंधान आयोग इटहरीका टोलीले घुससहित पक्राउ गरेका छन् ।

अधिकृत कर्णलाई २ लाख रकमसहित घरेलुको आंफिसियल क्वाटरबाट पक्राउ गरिएको एसपी किसनसिंह थापाले बताएका छन् ।

घरेलु कार्यालय लहान अन्तरगत मेडापको सहयोगमा संचालन रहेको लघु उद्यम विकास कार्यक्रमको रकम निकासामा प्रमुख कर्णले एनजिओ संचालकसंग १० प्रतिशत कमिशन माग गरेको आरोप छ ।

कार्यालय प्रमुख कर्णका अनुसार तीन वटा संस्था मध्ये मानव अधिकार वातावरण (हुरेन्डेक) उदयपुर लघु उद्यम विकास कार्यक्रमको लागि छनौट भएका थिए ।

उनीहरुले ६ महिनादेखि कार्यक्रम संचालन गर्दै आएको छ भने २० प्रतिशत निकासा समेत गरिसकेको छ । कर्णले ‘ आज फोन गरेर सोही संस्थाका दूई जनाले सांझ मेरो कोठामा आए ।’ ‘उनीहरुले दूई लाख रकम छाडेर जानुभयो ।’ कार्यक्रम लगभग ६८ लाखको रहेको छ । उक्त शिपमुलक कार्यक्रम सिरहा जिल्लाभरी संचालन रहेको भनिएको छ । अधिकृत कर्ण आउंदो जेठमा अवकास पाउंने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.