हुलाकी न्युज, सिरहा । सहिद गंगालाल हृदय केन्द्रले आयोजना गरेको नि:शुल्क मुटुरोग परिक्षणमा ३६६ जनाले चेकजाँच गराएका छन् । सहिद गंगालाल हृदय केन्द्रले सिरहाको लहानमा भएको शिविरमा १ सय ६५ जना लाई नि:शुल्क ईसिजि गरिएको थियो ।
लहान नगरपालिका वडा नम्बर ७ ले समन्वय गरेको शिविरमा १ सय ८५ जनालाई नि:शुल्क ईको जाँच समेत गरिएको थियो । शिविरमा क्वेस्ट फार्माले नि:शुल्क औषधि बितरण गरेको वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए ।
यस्तै २४ जनामा मुटु सम्बन्धि समस्या भेटिएकोले केन्द्रमा उपचारमा आउन भनेको छ ।



