
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को नामाकंनका विषयमा चर्चा चलिरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले पनि चासों व्यक्त गरेका छन् ।
ठाकुरले पूर्व र पश्चिमको मधेशीलाई पनि मधेशप्रतिको भावनामा ठेस नपुग्ने गरी प्रदेश २ को नाम मध्य मधेश राख्दा उपयुक्त हुने बताएका छन् ।
ठाकुरले प्रदेश २ का प्रदेश सभा सदस्यहरुसँग कुराकानी गर्दै मध्य मधेश नाम राखे उपयुक्त हुने बताएका छन् ।
यसअघि पनि ठाकुरले तराई मधेश राष्ट्रिय परिषद्का सदस्यहरुको ज्ञापनपत्र बुझ्दै प्रदेश २ को नाम मध्य मधेश राख्नमा सहमति जनाएका थिए ।
ठाकुरले प्रदेश २ को नाम मध्य मधेश होस् भनेर आफुले प्रदेश सभा सदस्यहरुसँग छलफल गर्ने टिएमएनसीका सदस्यहरुसँग प्रतिपद्धतासमेत व्यक्त गरेका थिए ।
टिएमएनसीका सदस्य सरोज रायले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार राजपाका संयोजक ठाकुरसहित राजपाका अन्य नेताहरु र फोरमका शीर्ष नेताहरु पनि मध्य मधेश प्रति सकारात्मक रहेका छन् ।
टिएमएनसीले प्रदेश २ को नामाकांन मध्य मधेश हुनु पर्ने भन्दै शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै आएको छ ।




