हुलाकी न्युज, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी वडा नं ४ मा छोराको रड प्रहार बाट महिलाको मृत्यु भएको छ। सिरहाको लक्ष्मीपुर पतारी वडा नं ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए।

रड प्रहार बाट टाउकोमा चोट लागि गम्भीर भएकी ज्ञान देवी दास र सुनिता कुमारी देवी दास लाई उपचारका लागि न्युरो हस्पिटल लगिएकोमा त्यहा समानिय चेकजांच गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो।

आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर पतारीले जनाएको छ। रड प्रहार गर्ने राम दास ततमा लाई पक्राउ गरि घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.