हुलाकी न्यूज काठमाडौं ।
केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन मधेशी गठबन्धनको एक घटक संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेबीच तीब्र गतिमा छलफलहरु हुन थालेको छ।

प्रारम्भिक चरणका छलफलहरुलाई आधार मान्ने हो भने फोरम सरकारमा सहभागी हुन इच्छुक देखिएको छ भने एमालेले संविधान संशोधनको विषयमा लचकता देखाएको छ ।

एमाले र माओवादीबीच एकताका लागि भएको सात बुँदे सहमतिअघि फोरम अध्यक्ष उपेन्द्र यादवसमेत वाम गठबन्धनको बैठकमा सहभागी भएका थिए । त्यउसअघि दिउँसो पनि एमाले नेताहरुसँग यादवले छलफल गरेका थिए ।

उक्त बैठकमा यादवले संविधान संशोधन भएको खण्डमा आफुहरु सरकारमा सहभागी हुन तयार रहेको प्रतिक्रिया दिएका थिए ।

हुलाकी न्यूजसँग अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएका छन् ।

औपचारिक रुपमा बुधबार एमाले र फोरमका नेताहरुबीच छलफल सुरु भएको छ ।

सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय प्रसाद यादवलगायतका नेताहरुले एमालेका नेताहरुसँग छलफल गरेका छन् ।

छलफल पछि हुलाकी न्यूजसँग महासचिव यादवले भने,‘प्रारम्भिक छलफलहरु सकारात्मक भएको छ । उहाँहरु पनि संविधान संशोधनको विषयमा लचिलो देखिनु भएको छ । उहाँहरुले संविधान संशोधन गर्नु भयो भने हामी सरकारमा सहभागी हुन्छौं ।’

यादवले वार्ता जारी रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.