
हुलाकी न्यूज, केयल । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए) मलेशियामा पनि सशक्त रुपमा अगाडि बढेको छ ।
विश्वको विभिन्न २६ वटा देशमा शाखा रहेको एनआरएमएको मलेशिया शाखाका विभिन्न उपशाखाहरु पनि सक्रिय भएको छ ।
पछिल्लो समय मलेशियामा सक्रिय एनआरएमएका सदस्यहरुले विभिन्न छलफल तथा कार्यक्रमहरुमा सक्रियता बढाएको छ ।
एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरु एनआरएमएमा जोडिदै गएको बताउँदै भने,‘अधिकांश देशहरुमा सदस्यहरु सक्रिय भएका छन् । मधेशका विभिन्न विषयमा छलफल गर्दैछन् ।’
कुशवाहाले एनआरएमएभन्दा बाहिर रहेका मधेशीहरुलाई पनि संगठनमा आवद्ध हुन आग्रह गरे ।



