हुलाकी न्यूज, काठमाडौं, २१ आश्विन । संघीय लोकतान्त्रिक मोर्चाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको काठमाडौंस्थित घरमा बिहिबार केही अराजक युवाको समूहले गरेको अभद्र क्रियाकलापको भर्तसना गरेको छ ।

मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै महतोको निवास अगाडि केही युवाले अश्लिल शब्द प्रयोग गरेर गाली गलौज गर्दै उनको घर जलाउने सम्मको चेतावनी दिएको र काठमाडौंस्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरेको घटनाको भर्तसना गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ ।

 

मधेशी–थारुको अनलाईनबाट एक दिनमै २५ हजार हस्ताक्षर

मधेश थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई साम्प्रदायिकताको नाम दिई बदनाम गर्न यस्तो अतिरञ्जित क्रियाकलाप गरिएको ठहर गर्दै मोर्चाले सबै जनतालाई संयम रहन अपिल पनि गरेको छ ।

sanghiya-loktantrik-morcha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.