हुलाकी न्यूज, जनकपुरधाम ।
अधिवक्ता एवं अधिकारकर्मी दीपेन्द्र झा दुई नम्बर प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।

दुई नम्बर प्रदेशको मुख्यमन्त्रीकाे सिफारिसमा प्रदेश प्रमुखले शनिबार झालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।

नियुक्तीको औपचारिक पत्र आइतबार झालाई प्रदान गरिदैछ ।

अधिवक्ता झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै सोमबार शपथ ग्रहण कार्यक्रम रहेको बताए ।

स‌विधानकाे धारा १६० मा मुख्य न्यायाधिवक्ताकाे व्यवस्था गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.