हुलाकी न्यूज जनकपुरधाम ।
प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतको नेतृत्वमा दुई नम्बर प्रदेश सरकार गठन भएको छ ।

अन्य मन्त्रीहरुको टुँगो शुक्रबार लाग्नेछ । फोरमभित्र पनि मन्त्री चयनका विषयमा छलफल जारी रहेको छ भने राजपाले पनि अन्य मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन ।

विहीबार मधेशी गठबन्धनमा आवद्ध फोरम र राजपाको संयुक्त सरकारका मुख्मन्त्रीसँगै मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

फोरमका केन्द्रीय उपाध्यक्षसमेत रहेका राउतले मुख्यमन्त्री, कोषाध्यक्ष विजय यादव अर्थमन्त्रीको समथ लिएका छन् ।

राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनलले भौतिक योजनासहित राजपाको भागमा परेको मन्त्रालय सम्हाल्ने गरी शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्तले शपथ ग्रहण गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.