
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधि सभामा समानुपातिकतर्फका सदस्यहरुको टुँगो लगाएको छ । समानुपातिक तर्फबाट पाएको ६ सीटमा महिलाहरु नै पठाउनु पर्ने बाध्यता रहेकोले ६ जनै महिलाको नाम टुँगो लगाइएको छ ।
राजपा अध्यक्ष मण्डलको बैठकले ६ जनाको नाम टुँगो लगाएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए।
राजपाबाट आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी परेकी छन् ।
यसैगरी खस आर्य महिलातर्फबाट निर्जला राउत, दलित महिलाको तर्फबाट दुलारीदेवी खंग, मधेशी महिलाको तर्फबाट चन्दा चौधरी र मुस्लिम महिलाबाट चुन्नी खातुन(सोनिया) परेकी छन् ।



