जनकपुरधाम, २१ माघ ।
संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित ७ जनाले उम्मेदवारी दिएका थिए । तर, सहमतिका लागि अरुले नाम फिर्ता लिए ।
मुख्यमन्त्रीका लागि राउतसँगै कोषध्यक्ष विजय यादव र शैलेन्द्र साह प्रमुख दावेदार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.