जनकपुरधाम, २१ मघ ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा आईतवार प्रदेशसभा सभामुखको चुनाव आगामी फागुन २ गते गर्ने तयसहित प्रदेश नम्बर २ को बैठक सम्पन्न भएको छ ।
सम्पन्न पहिलो प्रदेशसभा बैठकले माघ २९ गते दोस्रो बैठक आह्वान गर्दै फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो ।


बैठकको सुरुवातमै प्रदेश सभा हलमा मधेस आन्दोलनका शहीदको तस्बिर नराखेको भन्दै राजपाका सांसदहरुले विवाद गरेका थिए । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य लगनलाल चौधरीले निर्वाह गरेका थिए । ७६ वर्षीय चौधरी सिरहा निर्वाचन क्षेत्र नं १ (क)का एमाले विधायक हुन् ।


बैठकमा पहिलो सम्बोधन संघीय फोरमका सांसद लालबाबु राउतले गरेका थिए । सम्बोधनका क्रममा उनले आन्दोलित वीरगञ्जलाई पनि चित्त बुझ्ने गरी निर्णयहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नं २ मा संघीय समाजवादी फोरम, राजपा, एमाले, काँग्रेस र माओवादी गरी पाँच राजनीतिक दलका नेताको प्रतिनिधित्व रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.