संतोष पटेल, वीरगंज, २१ आश्विन । नेपाल निर्माण व्यवसायी संघ पर्साले मधेश आन्दोलनका सहिद परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष दिवाकर पटेलको नेतृत्वको टोलीले बिहिबार एक कार्यक्रमका बीच सहिद परिवारलाई आर्थिक सहयोग गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष पटेल र कोषध्यक्ष राजेश्वर रौनियारले पोखरीया नगरपालिका वनकटवा निवासी सहिद चन्दन पटेलका बुबा अवधेश पटेललाई ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
मधेशी–थारुको अनलाईनबाट एक दिनमै २५ हजार हस्ताक्षर
त्यस्तै पकहामैनपुर गाविस ४ निवासी सहिद शत्रुधन पटेलकी आमा कुशमी देवी र दाई तेजा पटेललाई नेपाल निर्माण व्यवसायी संघका पदाधिकारीले ११ हजार रुपैयाँको चेक घरमै गई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष पटेल र कोषाध्यक्ष रौनियारसहितसदस्य राजकिसोर कुर्मी, वरिष्ठ सल्लाहकारद्वय रामनारायण साह र साबिर मियाँ अंसारी, मधेशी पत्रकार समाज पर्सा अध्यक्ष संतोष पटेल, मधेशी मोर्चाका नेता दिनेश चौरसिया लगायतका स्थानीय अगुवा व्यक्ति उपस्थित थिए ।



