हुलाकी न्युज, सिरहा । सहिद हेम नारायण यादवको १४ औं स्मृति दिवसको अवसरमा शुक्रवार सिरहा सदरमुकाममा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

सहिद हेम नारायण यादवको १४ औ स्मृतिका अवसरमा सहिद हेम नारायणका छोरा डा. नविन यादव र एमाले कार्यकर्ताहरुले सदरमुकाम सिरहामा रहेको शालिकमा माल्र्यापन गर्नुका साथै युवा संघ नेपाल सिरहा द्वारा आयोजित रक्तदान कार्यक्रम र फुटबल खेल पनि आयोजना गरेका थिए ।

१४ औं स्मृति दिवसको अवसरमा सहिद हेम नारायण चौकमा युवा संघ नेपाल सिरहा द्वारा आयोजित रक्तदान कार्यक्रम भएको थियो भने सुर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा आयोजित एक दिवसीय फुटबल प्रतियोगितामा प्रमुख अतिथी नव निर्वाचित प्रतिनिधी सभा सदस्य सिरहा क्षेत्र नं. ३ का माननिय लिलानाथ श्रेष्ठ र विशिष्ठ अतिथी सिरहा क्षेत्र नं. ३ ‘ख’ का प्रदेश सभासदस्य प्रमोद कुमार यादव रहेका थिए ।

फुटबल खेलको आयोजनामा बिरगंज युथ कलब र धरान फुटबल कलबको पर्तिस्प्रधामा धरान फुटबल कलब विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.