
अर्कना खातून, काठमाडौं । पहिलो मधेश आन्दोलनको क्रममा २०६३ माघ १३ गते बाराको कलैया बजारमा शेख अब्दुल असरफ प्रहरीको गोलीबाट मारिए । उनी पहिलो मधेश आन्दोलनका सहिद घोषणा भए ।
उनको परिवारलाई मधेशी दलहरुले निकै उपयोग गरे । दोस्रो र तेस्रो मधेश आन्दोलनमा पनि उनको परिवारका सदस्यहरु सक्रिय थिए । हाल राष्ट्रिय जनता पार्टी (राजपा)मा आवद्ध उनकी श्रीमती शकिना अंसारीलाई प्रतिनिधि सभा सदस्य बनाउने राजपाले निर्णय पनि गरेको छ । तर उनको नाम काटेर पुछारमा राखिएको छ ।
शकिना अंसारी उल्र्फ शोभा राजवंशी अहिले राजपाका नेताहरुलाई आग्रह गर्दैछिन् । तर नेताहरुले सहिद परिवारलाई वेवास्ता गर्दै आफु निकट व्यक्तिहरुलाई प्रतिनिधि सभामा सिफारिस गरेको शकिनाको आरोप छ ।
‘मेरो नाम शोभा राजवंशी शहिद शेख अब्दुल असरफसंग शकिना अंसारीको नामले विवाह गरेको थिएँ । तिम्रो नाम प्रतिनिधि सभाको समानुपातिकको एक नम्बरमा राखिदिएको छु भन्दै नेताहरुले भनेका थिए । तर अहिले छैन ।’ शकिना भन्छिन्,‘राजपाका नेताहरुले पैसा र आफ्न्तको पछाडि परेको छ । मलाई आश देखाएर रुलाएको छ ।’
‘राजपाका नेताहरुले सुरुमा त मेरो नाम समानुपातिकको लिस्टमा एक नम्बरमा राखेका थिए । तर अहिले आएर आयोगमा सूची बुझाउने बेलामा मेरो नाम तलतिर राखे । १ नंम्बरमा आफ्नो नातेदारहरुको नाम राखे ।’ उनी भन्छिन्, ‘६ जना अध्यक्षहरु रहेका राजपा दलका नेताहरु सबैले आ–आफ्ना नातेदारहरु मात्र छन् । र, दलभित्र पैसाको चलखेल पनि भैरहेको कुरा सुनेको छु । तर मैले पैसा दिन सक्दिनँ ।’
‘म शहिदको श्रीमती त्यसपछि महिला, मुस्लिम, जनजाती जब म सबै क्राइटेरिया मा परेको छु अनी फेरी किन मलाई समानुपातीकमा दिइरहेका छैनन् । एउटा कुरा प्रष्ट होस् म पैसा दिन सक्दिन ।’ शकिनाको भनाई ।



