आशिष गुप्ता, नेपालगञ्ज, २१ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेपालगञ्ज नाका जाने भएका छन् । नेपालगञ्जको नाकामा मधेशी मोर्चाको प्रभाव कम भएको भन्दै अध्यक्ष महतो नेपालगञ्ज नाका बन्द गर्न पुग्दैछन् ।

उनी बिहिबार साँझबाटै नेपालगञ्ज नाकामा धर्नामा बस्ने बताइएको छ ।

नेपालगञ्ज नाकामा मधेशी मोर्चाको नाकाबन्दी खासै प्रभावकारी हुन सकेको छैन । प्रहरीले भारतीय नाकाबाट सामान नेपाल ल्याउने क्रम जारी रहेको छ ।

नेपालगञ्ज नाका बन्द गर्ने जिम्मेबारी पाएका नेताहरु असफल भएकोले आफुलाई जान परेको महतोले बताए । प्रहरीले बल प्रयोग गरी सामान ढुवानी गराएपछि महतो आफै त्यँहा पुगेर धर्ना दिने भएका छन् । नेपालगञ्ज नाकामा प्रहरी र प्रदर्शनकारीबिच झडप पनि हुँदै आएको छ ।

महतोका अनुसार नेपालगञ्जको विभिन्न गाविसबाट नेता तथा कार्यकर्ताहरु पनि नाकाबन्दीमा सहभागी हुन साँझसम्म जमुनाह नाकामा आइपुग्नेछन् । यसअघि महतो बीरगञ्ज नाकामा बस्दै आएका थिए । भैरहवा नाकामा मधेशी मोर्चाले नाकाबन्दी गर्न नसकेपछि उनी बुधबार मात्र भैरहवा आएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.