हुलाकी न्युज, धनुषा । धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् ।
काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमा दुर्घटनामा परेको हो ।

दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ३२ का प्रल्हाद न्यौपाने, खोटाङ निर्मलडाँडाका वर्ष २७ का ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का वर्ष ४० का खेमकुमार रानामगर, संखुवासभा धर्मदेवी वडा न ९ का २९ वर्षका नयाराज जिमी र पाँचथर रवि छ का वर्ष ३१ का प्रनिता राई रहेको डिएसपी प्रविन धितालले बताए ।घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.