हुलाकी न्यूज, दुबई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) दुबईले मधेशी मिलन समारोहसहित मकर संक्रान्ति मनाएको छ ।

मधेशीहरुको माहान पर्व मकर संक्रान्ति (तिला सकराइत) धुमधाम साथ मनाएका छन् । नयाँ वर्ष २०१८ को अवसरमा १२ जनवरीमा विभिन्न कार्यक्रम गरी मधेशी मिलन समारोह समेत मनाइएको छ ।

दुबईको जबिल पार्कमा मधेशी मिलन तथा वनभोज कार्यक्रम सम्पन्न भएको एनआरएमएले जनाएको छ ।

कार्यक्रममा ५ सयभन्दा बढी मधेशीहरु सहभागी भएका थिए । मधेशसंग जोडिएका दुबईका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । मुस्लिम समाज, मिथिला समाज, मिथिला बचत संस्था आदिका प्रतिनिधिहरु सहभागी थिए ।

गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले मधेशको सम्बृद्धिका विषयमा विचार राखेका थिए । गैर आवासीय मधेशी संघ विश्वभरीका मधेशीहरुको साँझा संस्था भएकोले सबैलाई एक जुट हुन आग्रह गरे ।

कुशवाहाले मधेशमा सांस्कृतिक परिवर्तनसँगै राजनीतिक परिवर्तन पनि भइरहेको बताउँदै मधेश बाहिर रहेका मधेशीहरु अव मधेश निर्माणमा लाग्नु पर्ने बताए ।

कार्यक्रमको प्रथम सत्रमा वरिष्ठ सल्लाहकार डॉ रबिन्द्र कुमार यादवले मधेशको सम्बन्धमा बिचार राखेका थिए ।

कार्यक्रममा एनआरएमएकी उपाध्यक्ष डॉ बॉबी सिंह यादव तथा केन्द्रीय सदस्य श्रीमती खुश्बू साहले संयुक्त रुपमा स्वागत मन्तब्य दिएकी थिइन् ।

कार्यक्रमको संचालन भोगेन्द्र राज साह, जगनारायण मंडल र प्रभात राय भट्टले गरेका थिए ।

त्यस्तै ई अमित कुमार शर्माले बिभिन्न किसिमको मनोरन्जनात्मक तथा रोचक खेल एवम् गीत संगीत प्रस्तुतीको व्यवस्थापन गरेका थिए ।

कार्यक्रम सफलताका लागि साहित्यकार बिनोद पासवान र मदन यादवले सहयोग गरेका थिए । कार्यक्रमको समापन ई संजय कुमारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.