हुलाकी न्यूज, काठमाडौं ।
केही महिनाअघि संसदबाट विधयेक पारित भई स्थापनाको क्रममा रहेको राजर्षी विश्वविद्यालयले पहिलो उपकूलपति पाएको छ । विश्वविद्यालयको पहिलो उपकूलपतिमा डा. भरत झा नियुक्त भएका छन् ।

कांग्रेस निकट रहँदै आएका झालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपतिमा नियुक्त गरेका हुन् ।

डा. झालाई शुक्रबार औपचारिक नियुक्ति प्रदान गर्न प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । हुलाकी न्यूजसँग कुराकानी गर्दै झाले औपचारिक पत्र प्राप्त नभएको बताउँदै शुक्रबार प्राप्त हुने बताए ।

महोत्तरी स्थायी घर भएका झाले भारत, बेलायत र जापानबाट अध्ययन गरेका छन् ।

तीन वर्षअघि आइओएमको प्रोफेसर पदबाट रिटायर्ड भएका झा दुई पटक सहायक डीनसमेत भइसकेका छन् ।

नेपाल हेल्थ प्रोफेसनेल काउन्सिलको तीन पटक अध्यक्ष भएका झाले विश्वविद्यालय अनुदान आयोगमासमेत ५ वर्ष काम गरेका थिए । साझा स्वास्थ्य सेवाको अध्यक्ष भइसकेका झा वीर अस्तालको एकेडेमिक काउन्सिलका सदस्यको रुपमा काम गरेका थिए ।

आफुले विश्वविद्यालयको जिम्मेबारी सम्हाले लगतै काम दु्रत गतीमा अगाडि बढाउने झाले बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.