
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन परियोजनका लागि संघीय समाजवादी फोरम नेपाल बुधबार निर्वाचन आयोगमा दर्ता हुँदैछ । फोरमको पदाधिकारी बैठकले निर्वाचन परियोजनका लागि बुधबार दल दर्ता गराउने निर्णय गरेको छ ।
फोरमका नेता रत्नेश्वर लाल कायस्थका अनुसार मंगलवार बसेको पदाधिकारी बैठकले दल दर्ता गराउने निर्णय गरेको हो । बुधवार दल दर्ता हुने कायस्थले बताउँदै पदाधिकारी बैठकमा अन्य विषयमा समेत छलफल भएको बताए ।
पार्टीको अन्य विषयमा छलफल भए पनि राष्ट्रिय सभा सदस्यहरुका विषयमा छलफल हुन नसकेको कायस्तले बताए ।
राष्ट्रिय सभा सदस्यका लागि निर्देशिका आइनसकेकाले सदस्यहरुको विषयमा छलफल हुन नसकेको उनले जनाए ।
यता राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रिय सभाका लागि दल दर्ता गराउने विषयमा अनिश्चित देखिएको छ ।
राजपाका महासचिव मनिष सुमनले औपचारिक निर्णय नभएपनि दल दर्ताको तयारी भइरहेको बताए ।



