हुलाकी न्यूज, काठमाडौं, २१ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको काठमाडौंस्थित निवासमा बिहिबार केही व्यक्तिले तोडफोड र आगजनीको प्रयास गरेका छन् । उनीहरुले काठमाडौंस्थित सदभावना पार्टीको सम्पर्क कार्यालयमा ढुङामुढा पनि गरेका छन् ।
काठमाडौंको सिनामङलको भत्केको पुल नजिकै रहेको महतोको घरमा करिब सय जना युवाको समूहले अश्लिल गाली गलौज गर्दै तोडफोड र आगजनीको प्रयास गरेका हुन् ।
महतोले तराई मधेशमा आन्दोलन गरिरहेको र नाकाबन्दीको नेतृत्व गरेको भन्दै उनी विरुद्ध केही अज्ञात व्यक्तिको समूह खनिएका हुन् ।
प्रहरीको हस्तक्षेपपछि महतोको घरमा आगजनी हुन नपाएपनि ती युवाले उनको घरमा नियमित रुपमा धर्ना दिएर तोडफोड गरेरै छाड्ने चेतावनी दिएका छन् ।

यता, महतोको घरमा तोडफोड भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक सदभाव बिगार्न यस्ता क्रियाकलाप गरिएको भन्दै साम्प्रदायिक घटना रोक्न सबैलाई एकबद्ध हुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा तराई मधेशमा जारी आन्दोलन एकल जातिय राष्ट्रियतामा आधारित संविधानको विरोधमा भइरहेको शान्तिपूर्ण र ऐतिहासिक आन्दोलन रहेको पनि स्पष्ट पारिएको छ ।




Ruling government should take action and do punishment to that groups. if ruling government not care madeshi it really bad luck to Nepal….. Stop it soon.