राकेश मैथिल, कतार ।
विश्वभरीका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को आयोजनामा कतारमा मधेशी मिलन समारोह सम्पन्न भएको छ । नयाँ साल र मकर संक्रान्तिको अवसरमा एनआरएमएले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रमसमेत गरेको छ ।

एनआरएमएको कतार शाखाले आयोजना गरेको उक्त समारोहमा कतारभरीका एक हजारभन्दा बढी मधेशीहरु सहभागी भएका थिए ।

समारोहमा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजीवी, साहित्यकारहरु समेत सहभागी भएका थिए । कार्यक्रममा मधेशको सांस्कृतिक कार्यक्रम, गीत, कविता तथा विभिन्न साहित्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सुरु मै संक्रान्तिको विशेष तिलको लाई तथा विभिन्न पकवानहरुको व्यवस्था गरिएको थियो । कार्यक्रमको सुरु मै मधेशको राष्टिय गान बजाइएको थियो ।

एनआरएमए कतारका सचिव दिवाकर झाले सञ्चालन गरेको कार्यक्रममा रामदयाल मण्डलले सहिदहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा देव नारायण यादव , रामजन्म शर्मा, मोहरम नदाफ, जगत लाल मण्डल, जय प्रकाश मधेसी, शिव कुमार पाल, रघुनन्दन यादव , सुनिल राय, नागेश्वर मह्तो, सन्तोष बिश्वास , चन्द्रविर यादव ,राकेश मैथिल, देव नारायण यादवले आफ्नो मन्त्वय राखेका थिए । यसैगरी राकेश, रामदेव राय र गैर आवासीय मधेसी संघका सल्लाहकार ई।सुरेन्द्र नारायण यादव , ई।रविकान्त लाल लगायतले मधेशको राजनीतिक, आर्थिक ,समाजिक, इतिहास, भूगोल बिषयमा विचार राखेका थिए ।

त्यसपछि सांस्कृतिक कार्यक्रममा देवकुमार महरा, राम दयाल मण्डल, अबधेस कुमार मण्डल गायन तथा तृत्य प्रस्तुत गरेका थिए । त्यसपछि सम्मान तथा विदाई कार्यक्रम भएको थियो । कतार छोडेर मधेश जान लागेका संघका सह प्रवक्ता सन्तोष बिश्वासको बिदाइ गरिएको थियो ।

संघ कतार शाखाका अध्यक्ष इ शम्भुनाथ साहले कार्यक्रमको समापन गरेका थिए । कार्यक्रम पछि खिचडी खाएर मधेशीहरुले संक्रान्ति मनाएका थिए ।

यसैबीच कार्यक्रमको सफलताको कामना गर्दै एनआरएमएका अन्तर्राष्टिय अध्यक्ष बशन्त कुशवाहाले नयाँ वर्ष र मकर संक्रान्तिको शुभकामना दिएका छन् । कुशवाहाले विश्वभरीका मधेशीहरुलाई आफ्नो पहिचानको रक्षा र मधेशको सम्बृद्धिका लागि गैर आवासीय मधेशी संघमा सहभागी हुन आग्रह गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.