हुलाकी न्युज काठमाडौं । कााठमाडौंको माइतीघर मण्डेलामा एक दबाबमुलक प्रदर्शनको आयोजना गरी तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले तराई मधेशको आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग को प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

मिति २०७४।०८।२८ गते सर्वोच्च अदालतको पुर्व न्यायाधीश गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” ले अध्ययन र छानबीन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । सो प्रतिवेदनले के कस्तो तथ्यहरु पता लगाएको र सो को कार्यान्वयण गर्नका लागि के के सिफारिस गरेको छ भन्ने जानकारी पाउनु पीडितलगायत सम्पूर्ण नागरीकको अधिकार हो । यही कुरालाई मध्यनजर गरी तराई मधेश राष्ट्रिय परिषद (TMNC) यस दबाबमूलक जनप्रदर्शनको आयोजना गरेको थियो ।

संविधान निर्माणका बेला संविधानसंग सम्बन्धित प्रक्रिया तथा बिषयवस्तु र संविधान जारी भइसकेको अवस्थामा समेत संशोधनको माग गर्दै मधेसी, जनजाती, थारु तथा अन्य सिमान्तकृत समुदायहरुले निरन्तर आन्दोलन गर्दै आईरहेका थिए । सोही क्रममा धेरैजसो आन्दोलनमा सहभागी नभएपनि राज्य पक्षबाट उनीहरुको घर र बजारमा अन्धाधुन्ध गोली प्रहार गरी अध्यधिक बलको प्रयोगबाट ५० भन्दा बढी व्यक्तिहरुले आफ्नो ज्यान गुमाएका थिए । सो घटनाको छानबीनका लागि नेपाल सरकारले सर्वोच्च अदालतको पुर्व न्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

करीब २०० जनाको सहभागिता रहेको सो प्रदर्शनमा अधिकारकर्मी डा. सुन्दरमणि दिक्षित, अधिवक्ताहरु दिपेन्द्र झा, सुरेन्द्र महतो र सुनिल रंजन शिंह, डेनमार्कका लागि पूर्व नेपाली राजदूत विजयकान्त कर्ण एवं आयोजक संस्थाको तर्फबाट काशिन्द्र यादव, आनन्द गुप्ता र सरोज रायलगायतकाले आफ्नो मनतव्य राखेको गरेका थिए । यस कार्यक्रमको संचालन आलोक सागरले गरेको थियो ।

सो प्रतिवेदन सार्वजनिक नहुन्जेल आयोजक तथा सहभागी वक्ताहरुहरुले बिभिन्न दबाबमूलक कार्यक्रमहरु गरिरहने वताएका थिए । सो प्रतिवेदन सार्वजनिक पश्चात पनि कार्यान्वयनका गराउनसमेत लागिपर्ने भनाई वक्ताहरुले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.