हुलाकी न्युज सप्तरी । मधेशका घटना तथा मधेश आन्दोलनमा आधारीत   निर्माण भएको “मधेशी पुत्र २”को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित भएका छन् ।

मधेशी पुत्र २ चलचित्रमा आन्दोलनका दृष्यहरु र स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका डा.सीके राउतको भूमिका राखेको भन्दै सेन्सर बोर्डले ती दृष्यहरु र डा.राउतको भूमिका हटाउन भन्दैै पास गरेको छैन ।
मधेशी पुत्रलाई पास गर्नुपर्ने माग गर्दै आन्दोलित भएका कलाकारहरुको आन्दोलनमा सर्वसाधारणहरुले पनि खुलेर साथ दिएका छन् ।
हजारौंको संख्यामा आएका सर्वसाधारणहरुले यो चलचित्र सेन्सर बोर्डले पास गर्नुपर्ने माग गरेका छन् ।
राजविराजमा निकालिएको विरोध प्रदर्शनमा सोही चलचित्रका कलाकारहरु, अन्य कलाकार र स्थानीयहरुको उल्लेख्य सहभागिता थियो । विरोध प्रदर्शनपछि कोणसभा परिणत भएको थियो ।
कोणसभामा सम्बोधन गर्दै कलाकारहरुले सेन्सर पास नगरे सम्पूर्ण मधेशमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोणसभामा फिल्मका निर्माता उदितनारायण साह, सँगीतकार तथा कलाकार कमल मण्डल, कलाकारहरु रुकेश साह, देवेन्द्र यादव, दीपनारायण साह लगायतले फिल्म सम्बोधन गरेका थिए ।
यता, निर्माता समूहले मधेशी पुत्र २ मा सामाजिक सद्भाव खल्बलाउने खालका कुनै किसिमको दृष्य वा कथा नरहेको भन्दै यो एउटा राजनीतिक घटनाको आधारमा तयार पारिएको चलचित्र रहेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.