२०७४/०९१२

करिब दुई महिना पहिला उत्कृष्ट सूचना अभियन्ता बारा निवाशी सर्फुल्लाह अन्सारीले बारा जिल्लाको कृषि कार्यालयसँग निम्न सूचना माँग गर्नु भयो- १.आ बा २०७३्०७४ सालमा यस कृषि कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना अन्तर्गत पकेट क्षेत्र र बलौक क्षेत्रहरुमा आएको पैसा के कति कहाँ–कहाँ र कुन–कुन क्षेत्रमा खर्च गरिएको थियो । सो विवरणको प्रमाणित प्रतिलिपि २. आ बा २०७३्/०७४ सालमा यसमा साना सिचाई बिशेष कारक्रम (क) साना सिचाई कार्यक्रम (ख) रास्ट्रपति चुरे तराइ मधेश संरक्षण बिकाश समिति कार्यक्रमको लागि यस कार्यालयमा के कति बजेट आएको थियो ? र सो बजेट कुन-कुन शिर्षकमा के कति खर्च गरिएको थियो ? खर्च गरिएको बिलभर्पाइ सहित विवरणको प्रमाणित प्रतिलिपि।

अन्सारीले माँग गरेको सूचनाको फोटो

बारा जिल्लाका वरीष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले सूचना अधिकारी छैन भनेर सूचना दिन आलटाल गरेका थिए। “सूचना दिन नमाने पछि पकै भ्रस्टाचार भएको छ भने कुरा मैले बुझे र म सूचना आयोगमा उजुरी समेत गरे”, हलाकी न्यूजसँग कुरा गर्दै अन्सारीले भन्नुभयो। उजुरी परेपछि उक्त कार्यालयका सूचना अधिकारी अन्सारीलाई फोनमा कुरा गर्दै पैसाको प्रलोभन देखाएर ‘सेटलमेन्ट’ गर्न आग्रह समेत गरेका थिए। ‘सेटलमेन्ट’ प्रस्ताव अन्सारी अस्वीकार गरे र सूचना सहज रुपमा उपलब्ध गराउन कर गरेका थिए।

बारा कृषि कार्यालयले पठाएको पत्रको फोटो

फलस्वरूप भर्खरै केही हफ्ता पहिला अन्सारीलाई भूमिगत समूहबाट कृषि अधिकृतसँग सूचना नमाँगनु भनेर ज्यान मार्ने

उत्कृष्ट सूचना अभियन्ता सर्फुल्लाह अन्सारी

धम्की समेत आयो। आफ्नो ज्यानको परवाह नगरी अन्सारी अनुगमन गरिराखे। सोही क्रममा हिजो उक्त कार्यालयबाट ईमेल मार्फत अन्सारीलाई पत्र आयो। ६,००० पनाको सूचना छ र ५ को दरले हुन आउने रकम रु ३०,००० बारा जिल्लाको कृषि बिकास को राजस्व न १४२२७ मा जम्मा गरि जम्मा गरेको सकल भौचर सहित ७ दिन भित्र बिवरण लिएर आउनु भनेर पत्रमा उलेख गरिएको छ। अन्सारी अनुसार माँग गरेको सूचना धेरैमा ५०-१०० पाना सम्म मात्र हुनसक्छ। “भ्रस्टाचार लुकाउन अधिकृत साह ‘गेम’ खेल्दै हुनुहुन्छ र मलाई हतास पार्ने साजिस मात्र हो”, अन्सारीले भन्नु भयो।

बारा निवासी सर्फुल्लाह अन्सारीलाई रास्ट्रीय सूचना आयोगले सूचना दिवश २०७४ को उपलक्ष्यमा “उत्कृष्ट सूचना अभियन्ता” ले सम्मानित गरेको थियो। अन्सारी प्रो ल नामक संस्थाको संस्थापक र कोषाध्यक्ष हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.