
हुलाकी न्यूज, काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट विजयी सांसद रेशम चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको माइतिघर मण्डलामा मधेशी थारु अगुवाहरुले प्रदर्शन गरेका छन् ।
सांसद चौधरीका लागि वातावरण सहज बनाइदिन माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले थारुमाथिको विभेद अन्त्यका लागिसमेत माग गरेका छन् ।
चौधरीलाई सहज रुपमा प्रमाणपत्र उपलब्ध गराउनु पर्ने मागसमेत प्रदर्शनकारीहरुको रहेको छ ।



