अमर पासवान, सिरहा ।
सिरहाको जिल्ला मालपोत कार्यालयमा विस्फोट हुँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बाहिर पठाइदैछ ।

शुक्रबार दिउँसो साढे एक बजे भएको विस्फोटमा सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान घाइते भएका छन् । मालपोत नजिकै लेखापढी व्यवसायी गर्दै आएका पवन पासवान गम्भीर घाइते भएका छन् ।

तीन जना मध्ये सिरहा एक नम्बर वडाका पवनको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको परिवारजनले जनाएको छ ।

सिरहा प्रहरीले विस्फोट भएको पुष्टि गरेपनि घटनाको विस्तृत जानकारी गराउन चाहेनन् । विस्फोटका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले कुकर वंम विस्फोट भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.