European Society of Gastrointestinal Endoscopy(ESGE) ले विश्वभरमा प्रत्येक वर्ष ५ जनालाई Fellowship Grant, Module II प्रदान गर्दै आइरहेकोमा यस वर्ष नेपालबाट पहिलो पटक Gastroenterologist डा. राकेश कुमार झालाइ Fellowship Grant, Module II प्रशिक्षणको लागि अवसर प्रदान गरिएकोछ | यस अघि डा. झा Fellowship Grant, Module I बेलायतको Leeds University बाट तालिम प्राप्त गरि नारायणी उप-क्षेत्रीय अस्पताल, बिरगंजमा इन्डोस्कोपी विभागको सेवालाई प्रभावकारी रुपमा संचालन गर्दै बिरगंज आसपास क्षेत्रका बिरामीहरुलाई समेत सेवा दिदै आइरहनु भएकोछ | अस्पतालमा ग्यास्ट्रो इन्टेरोलोजी विभागको स्थापना गरि सेवाग्राहीहरुलाई बिस्तारित सेवा प्रदान गर्ने उदेश्यले European Society of Gastroenterological Endoscopy(ESGE) ले दिएको Grant मा ३ महिनाको लागि डा. झाले Asian Institute of Gastroenterology, हैदराबाद (भारत) मा (placement) पाएका छन् | जुन, भारतकै प्रसिद्ध पेटरोग सम्बन्धि अस्पतालको रुपमा मानिन्छ | प्रशिक्षण अवधिभर पेटरोग तथा इन्डोस्कोपी सम्बन्धि अतिरिक्त सिपको सिकाइ भई त्यसबाट नारायणी उपक्षेत्रीय अस्पतालको इन्डोस्कोपी बिभागको समेत क्षमता अभिवृद्धि भै सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्न सकिने अत्यन्तै हर्षका साथ् हुलाकी न्युजसँग कुरा गर्दै डा. झाले बताउनु भयो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.