हुलाकी न्युज, काठमाडौं २० आश्विन । आदिवासी–जनजाति नेताहरु आज भारतीय राजदुत रञ्जीत रायसँग भेटघाट गरेका छन् । लैनचौरस्थित भारतीय दुतावासमा नेताहरुले भेटघाट गरेका हुन् ।

भेटघाटमा राजदुत रायसँगै अन्य दुई जना अधिकारी थिए भने ७ जना आदिवासी जनजाति नेताहरु थिए । जसमा नेपाल शेर्पा संघ र मगर संघका अध्यक्षसहित पासाङ शेर्पासहितका नेताहरु थिए ।

भेटघाट पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता आङ काजी शेर्पाले दुतावासमा वर्तमान समस्याका विषयमा छलफल भएको बताए । शेर्पाले भने,‘वर्तमान राजनीतिक शंकट र नाकाहरु अवरोधका विषयमा छलफल भयो । मधेशी–थारु–आदिवासी–जनजातिलाई समेटेर बनाइने संविधान दिगो हुने विषयमा पनि विचार विमर्श भयो । भारतीय पक्षले भारतको सुरक्षा निकायमा पनि आदिवासी जनजातिहरुको उल्लेखीय सहभागिता रहेकोमा भारत आदिवासी जनजातिप्रति सँधै सकारात्मक रहेको बताएका थिए ।’

शेर्पाका अनुसार भारत नेपालका समस्याको समाधान चहान्छ । उनले नेपाली भूमिका शान्ति भए मात्र सुरिक्षतरुपमा भारतीय सिमाबाट सामान पठाउन सकिने भारतीय पक्षको जिकिर रहेको बताए ।

भारतीय राजदुतको भनाई उधृत गर्दै शेर्पाले भने,‘सिमा क्षेत्रमा आन्दोलनका कारण सवारीसाधन रोकिएको छ । आन्दोलन सकिने वितिकै हामी पठाउँछौं । नेपाली पक्षले आन्दोलनको समाधानको पक्षमा काम गरे समस्या केही दिनमै समाधान हुनेछ, भने ।’

छलफलमा भारतीय पक्ष नयाँ संधिवानमा आदिवासी–जनजाति र मधेशी थारुको मुद्दाप्रति सचेत रहेको थियो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.