हुलाकी न्युज, काठमाडौँ : मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो।

एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ। प्रतिवेदनले प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबी दर उच्च रहेको देखाएको छ। यहाँ ५० प्रतिशत जनता गरिबीको रेखामा छन्।

त्यहाँका जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएका हुन्। प्रतिवेदनअनुसार प्रदेश नं ५ र ७ मा गरिबीको दर ३० प्रतिशत रहेको तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत रहेको उल्लेख छ। बहुआयामिक गरिबी सूचकांकले नौ वर्षसम्म उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहका भएको देखाएको छ। प्रतिवेदनमा ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पनि उल्लेख छ।

प्रतिवेदन सार्वजनिक पछि योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले एमपिआई गरिबीको जरामा गएर अध्ययन गर्ने विधि पहिलो पटक लागू गरिएको र यसले विकास निर्माणका स्रोत परिचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। अक्स्फोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको संस्था अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटी (ओपिएचआइ)की निर्देशक डा सबिना अल्किरेले गरिबी घटाउने कार्यमा नेपालले नाटकीय र उत्साहजन ढंगले प्रगति गरेकामा प्रशंसा गरिन्।रासस

1 COMMENT

  1. कपिलवस्तु ६ पुस ।
    कपिवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनु पर्ने माग गर्दै आज साझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रर्दशन गरीएको छ । बुद्धको जनमथलो रहेको,जल, जंगल, जमिन, यर्यटकीय स्थल, ऐतिहासिक पृष्ठभुमीका आधारमा पनि कपिवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनु पर्ने माग गरेका छन ।

    कपिलवस्तुलाई राजधानी बनाउन जिल्लाका ३ सांसद र ६ प्रदेश प्रतिनिधिले एकेबद्धता जनाएपछि युवाहरुले प्रदेशको राजधानी कपिलवस्तुलाई बनाउन दवाव समिति समेत निर्माण गरेका छन । युवा, बुद्धीजीवी, राजनीतक दलका प्रतिनिधि ब्यापारी लगातयको सहभागीता रहेको जुलसमा कपिलवस्तुलाई प्रदेशका राजधानी बनाउनु पर्ने भन्दै नाराबाजी समेत गरिएको थियो ।

    दाङ र बुटवलको राजधानी बनाउने बिषयमा तिब्र बिवाद भएको र यस्को उत्तम बिकलप कपिलवस्तुनै भएकोले राजधानी कपिलवस्तुनै हुनुपर्ने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.