हुलाकी न्यूज, जनकपुरधाम | काठमाडौँको इटा भट्टामा काम गर्न गएका एक जनाको अत्याधिक जाडोका कारण कठ्यार्ग्रीएर एकको मृत्यु भएको छ | मृत्यु हुनेमा धनुषाको मोर्हा गाँउपालिकाका दिनेश पासवान रहेका छन् । काठमाडौँमा मृत्यु भए पछि उनका दुईजना छोरा र एक छोरीको बिचल्ली भएको छ |
पासवानको मृत्यु पश्चात उनका श्रीमतीले बालबालिकाहरुलाई घरमै छोडी अन्तै गएपछि बिचल्लीमा परेका छन् | जाडोका कारण ति बालबालिकाहरुको अवस्था दयनिय भएपछि सिरहाली सेवा समाज नेपालका सचिब किरण पासवानले बालबालिकाहरुको अवस्था बुझी उनीहरुलाई सिरहाली सेवा समाज नेपाल द्वारा जाडो छल्नका लागि न्यानो कपडा सिरक, डस्ना तकिया र तन्ना सहयोग गरेका छन् | थप सहयोगका लागी पहल गरिएको छ ।
यता पासवानको परिवारलाई YUKSEL INSAAT SAUDIA CO LTD मा काम गर्नेहरुले पनि सहयोग गरेका छन् । पासवानका अनाथ बच्चाका लागी २५ हजार आठ सय प्रदान गरिएको छ । साउदीमा रहेका शिवकुमार मंडललगायतले नव ज्याेति यूवा कल्वका अध्यक्ष जय प्रकाश मंडल समक्ष बालबालिकालाई उक्त रकम हस्तान्तरण गरिएको छ ।




