
हुलाकी न्यूज, काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतले हेर्न अस्वीकार गरेको छ ।
निर्वाचित भएपनि निर्वाचन कार्यालयले चौधरीलाई प्रमाणपत्र प्रदान गरेको छैन । प्रमाण पत्र उपलब्ध गराइदिन माग गर्दै चौधरीका भाइले सर्वोच्चमा तीन दिनअघि रिट दिन गएका थिए ।
आज सर्वोच्चले उक्त रिटलाई दरपिठ गरेको छ ।
वारेस मार्फत मुद्दा दर्ता हुन नसक्ने भन्दै सर्वोच्चले दरपिठ गद्रै चौधरी स्वयम् उपस्थित भएको खण्डमा विचार हुन सक्ने दरपिठमा उल्लेख छ ।




