उपेन्द्र महतो

के मधेशी, आदिवासी–जनजाति, मुस्लिम, थारू, दलितलगायतलाई अधिकार दिदा नेपालमा सदभाव बिग्रिन्छ र ?

देशमा प्रगति तब मात्र सम्भव छ जब त्यस देशमा बस्ने सम्पूर्ण समुदायले त्यस देशको संबिधान, ऐन कानुनलाई आफ्नो ठान्छ । के कुनै समुदायलाई अधिकारबाट बन्चित गरेर देशको बिकास र प्रगति असम्भव छ ?

मधेशी–थारुको अनलाईनबाट एक दिनमै २५ हजार हस्ताक्षर

 

आज नेपालमा नयाँ सम्बिधान आएको छ । जसमा मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारू, दलितलगायतले असन्तुष्टी राखेका छन् । शासक तीन दल काँग्रेस, एमाले र एमाओवादीले अधिकार बिहिन जनतालाई जिस्काउँदै तिहारसम्म मनाउन भ्याए । झण्डै पचास दिनदेखी आन्दोलनमा छ । आन्दोलनका सुरूवाती दिनमा नारा, जुलुस, सरकारी कार्यालय घेराउ गर्यो, तर शासकले सुनेन ।

दोस्रो चरणमा बन्दीको घोषणा गरी आफुहरूलाई नै दुखमा राखे, तर पनि शासकबाट केही सुनवाई भएन । ‘मरता क्या न करता’ अन्तमा भंसार नाकाबन्दी गरे । अहिलेसम्म काठमाण्डौलाई नै नेपाल सम्झने शासकको रवैयाले, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रहरले नभई बाद्धयात्मक अवस्थाले नाकाबन्दीको कदम चाल्यो ।

नेपालमा उन्नाइस जना शाहदत दिंदा ब्यवस्था परिवर्तन भएको इतिहास छ । तर आज करिब चार दर्जन मधेशी सपुतले शाहदत दिंदा पनि जायज माग सम्बोधन भएन । काठमाण्डौले टन्न खान पाईरहँदासम्म त शासक र तिनका प्रतिनिधी मिडिया र पत्रकारले त मधेश आन्दोलनको कुनै तुकै छैन, केही मागै छैनसम्म बोल्न र लेख्न भ्याए ।

तर जब नाकाबन्दीले काठमाण्डौमा ग्याँस र पेट्रोलियम पदार्थलगायतको हाहाकार भयो अनि मधेश–थरुहटका केही माग संशोधनका कुरा ल्याए । म सोध्न चाहन्छु शासकवर्ग र तिनका प्रतिनिधी मिडिया र पत्रकारलाई जब मधेश आन्दोलनको कुनै तुकै थिएन, केही मागै थिएन भने, संबिधान संशोधनको कुरा कहाँबाट आयो ?

नाकाबन्दी पनि अप्रत्याशित भएको होईन । जब सदभावना पार्टीका सभासदले संबिधान सभा परित्याग गरे त्यही बेला सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले “हाम्रो माग पुरा नभए आन्दोल शसक्त पार्दै लानेछौ र अन्तमा पनि संबोधन नभए नाकाबन्दी गरेर काठमाण्डौको दानापानि बन्द गर्नेछौ’ भनेका थिए । तर शासकले यसलाई गम्भीरतापूर्वक लिएन, जसको परिणा आज नेपालले भोग्दैछ । आज देशको यस्तो हाल हुँदासम्म पनि शासक वर्ग जनताप्रति उत्तरदायी देखिएको छैन । आफ्नो देशको समस्याको समाधान दिल्ली र बेजिगंमा खोज्दैछ ।

जब देशमा भूईचालो आयो । पहाडमा दशौं हजार पहाडी नेपालीको ज्यान गयो, लाखौं मानिस घरबार बिहिन भए । त्यस बेला मधेशीले सदभाव रैली निकालेन, हाथ जोडेर मन्दिर, मस्जिदमा गएर प्रार्थना गरेन । बरू हाथ खोलेर आफुले जती सक्यो खाद्यान्न, त्रिपाल, लुगाफाटा, जिन्सी लिएर पहाड़ तिर दगुर्यो । साथी इस्टमित्रहरूसँग चन्दा जम्मा गरेर आवस्यक सहयोग लिएर पहाडका कुना कान्द्रा सम्म पुग्यो । त्यती मात्र होईन मधेशीहरुले भारतमा रहेका आफ्ना नातागोता, इस्टमित्र, संघ संस्थाहरूबाट पनि सहयोग लिएर पहाड़ सम्म पुर्यायो ।

तर आज जब मधेश आफ्नो अधिकारको लागी लड्दै छ । सरकार आन्दोलनलाई क्रुरतापूर्वक दमन र आन्दोलनकारीको हत्यामा ओर्लिएको छ । मधेशीलाई आशा थियो काठमाण्डौमा मधेशीको जायज माग पूरा गर भनेर पहाडी नेपालीले र्याली निकाल्ला तर यसको बिपरीत काठमाण्डौका पहाडी नेपालीहरू सड़कमा सदभाव र्याली निकाल्दैछ । सदभाव एकतर्फी कायम हुँदैन । एक हाथले ताली बज्दैन । पहाडलाई दुखदा मधेश अघि सर्यो तर आज मधेश रूँदा पहाडले दिपावली मनाउँदैछ । आशा छ मधेश–थरुहट रूँदा काठमाण्डौंमा सदभाव र्याली हैन, सबैलाई समान अधिकार भनेर र्याली निस्क्योस् । आउने नेपालका सबै नेपालीले दशैं र दिपावली सँगै मनाउन पाउन ।

लेखकः यूवा नेता तथा सदभावना पार्टीका केन्द्रीय सदस्य हुन् ।

2 COMMENTS

  1. Madheshi ko pida tatha dukh derd pahadiya haru le bujhdainan kin vane enko aankha ma ku shashan ko patti bandiyko6.Pahadiya haru awserbadi hun.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.