उपेन्द्र महतो
के मधेशी, आदिवासी–जनजाति, मुस्लिम, थारू, दलितलगायतलाई अधिकार दिदा नेपालमा सदभाव बिग्रिन्छ र ?
देशमा प्रगति तब मात्र सम्भव छ जब त्यस देशमा बस्ने सम्पूर्ण समुदायले त्यस देशको संबिधान, ऐन कानुनलाई आफ्नो ठान्छ । के कुनै समुदायलाई अधिकारबाट बन्चित गरेर देशको बिकास र प्रगति असम्भव छ ?
मधेशी–थारुको अनलाईनबाट एक दिनमै २५ हजार हस्ताक्षर
आज नेपालमा नयाँ सम्बिधान आएको छ । जसमा मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारू, दलितलगायतले असन्तुष्टी राखेका छन् । शासक तीन दल काँग्रेस, एमाले र एमाओवादीले अधिकार बिहिन जनतालाई जिस्काउँदै तिहारसम्म मनाउन भ्याए । झण्डै पचास दिनदेखी आन्दोलनमा छ । आन्दोलनका सुरूवाती दिनमा नारा, जुलुस, सरकारी कार्यालय घेराउ गर्यो, तर शासकले सुनेन ।
दोस्रो चरणमा बन्दीको घोषणा गरी आफुहरूलाई नै दुखमा राखे, तर पनि शासकबाट केही सुनवाई भएन । ‘मरता क्या न करता’ अन्तमा भंसार नाकाबन्दी गरे । अहिलेसम्म काठमाण्डौलाई नै नेपाल सम्झने शासकको रवैयाले, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रहरले नभई बाद्धयात्मक अवस्थाले नाकाबन्दीको कदम चाल्यो ।
नेपालमा उन्नाइस जना शाहदत दिंदा ब्यवस्था परिवर्तन भएको इतिहास छ । तर आज करिब चार दर्जन मधेशी सपुतले शाहदत दिंदा पनि जायज माग सम्बोधन भएन । काठमाण्डौले टन्न खान पाईरहँदासम्म त शासक र तिनका प्रतिनिधी मिडिया र पत्रकारले त मधेश आन्दोलनको कुनै तुकै छैन, केही मागै छैनसम्म बोल्न र लेख्न भ्याए ।
तर जब नाकाबन्दीले काठमाण्डौमा ग्याँस र पेट्रोलियम पदार्थलगायतको हाहाकार भयो अनि मधेश–थरुहटका केही माग संशोधनका कुरा ल्याए । म सोध्न चाहन्छु शासकवर्ग र तिनका प्रतिनिधी मिडिया र पत्रकारलाई जब मधेश आन्दोलनको कुनै तुकै थिएन, केही मागै थिएन भने, संबिधान संशोधनको कुरा कहाँबाट आयो ?
नाकाबन्दी पनि अप्रत्याशित भएको होईन । जब सदभावना पार्टीका सभासदले संबिधान सभा परित्याग गरे त्यही बेला सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले “हाम्रो माग पुरा नभए आन्दोल शसक्त पार्दै लानेछौ र अन्तमा पनि संबोधन नभए नाकाबन्दी गरेर काठमाण्डौको दानापानि बन्द गर्नेछौ’ भनेका थिए । तर शासकले यसलाई गम्भीरतापूर्वक लिएन, जसको परिणा आज नेपालले भोग्दैछ । आज देशको यस्तो हाल हुँदासम्म पनि शासक वर्ग जनताप्रति उत्तरदायी देखिएको छैन । आफ्नो देशको समस्याको समाधान दिल्ली र बेजिगंमा खोज्दैछ ।
जब देशमा भूईचालो आयो । पहाडमा दशौं हजार पहाडी नेपालीको ज्यान गयो, लाखौं मानिस घरबार बिहिन भए । त्यस बेला मधेशीले सदभाव रैली निकालेन, हाथ जोडेर मन्दिर, मस्जिदमा गएर प्रार्थना गरेन । बरू हाथ खोलेर आफुले जती सक्यो खाद्यान्न, त्रिपाल, लुगाफाटा, जिन्सी लिएर पहाड़ तिर दगुर्यो । साथी इस्टमित्रहरूसँग चन्दा जम्मा गरेर आवस्यक सहयोग लिएर पहाडका कुना कान्द्रा सम्म पुग्यो । त्यती मात्र होईन मधेशीहरुले भारतमा रहेका आफ्ना नातागोता, इस्टमित्र, संघ संस्थाहरूबाट पनि सहयोग लिएर पहाड़ सम्म पुर्यायो ।
तर आज जब मधेश आफ्नो अधिकारको लागी लड्दै छ । सरकार आन्दोलनलाई क्रुरतापूर्वक दमन र आन्दोलनकारीको हत्यामा ओर्लिएको छ । मधेशीलाई आशा थियो काठमाण्डौमा मधेशीको जायज माग पूरा गर भनेर पहाडी नेपालीले र्याली निकाल्ला तर यसको बिपरीत काठमाण्डौका पहाडी नेपालीहरू सड़कमा सदभाव र्याली निकाल्दैछ । सदभाव एकतर्फी कायम हुँदैन । एक हाथले ताली बज्दैन । पहाडलाई दुखदा मधेश अघि सर्यो तर आज मधेश रूँदा पहाडले दिपावली मनाउँदैछ । आशा छ मधेश–थरुहट रूँदा काठमाण्डौंमा सदभाव र्याली हैन, सबैलाई समान अधिकार भनेर र्याली निस्क्योस् । आउने नेपालका सबै नेपालीले दशैं र दिपावली सँगै मनाउन पाउन ।
लेखकः यूवा नेता तथा सदभावना पार्टीका केन्द्रीय सदस्य हुन् ।




Madheshi ko pida tatha dukh derd pahadiya haru le bujhdainan kin vane enko aankha ma ku shashan ko patti bandiyko6.Pahadiya haru awserbadi hun.
Timi chorharu desh lutera satta timiharu khane ….timi bharsatha haru..saale bhrastachaar garera deesh ko sampatti kata lukayeka chau…nepali janta le chodnewala chaina