हुलाकी न्यूज, काठमाडौं ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी वंम विस्फोट गराउँदै आएको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी)ले लहान पनि विस्फोट गराएको छ ।

जयकृष्ण गोइत नेतृत्वको मोर्चाले चुनाव सकिएपनि विस्फोट गराएको हो । लहान प्रहरी कार्यालयको २० मिटरको दुरीमा प्रेसर कुकर वंम विस्फोट हुँदा प्रहरीहरु नै भागा भाग भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लहानको बिचमा पर्ने सहिद चौकको छेउमा विस्फोट भएको हो । विस्फोट हुने नजिकै प्रहरीहरु गस्तीमा समेत बसेका थिए । विस्फोट हुँदा प्रहरीहरु नै भागेको स्थानीयबासीले बताएका छन् । उक्त विस्फोटबाट कुनै मानवीय क्षती नभएपनि स्थानीयवासीहरु त्रसित भएका छन् ।

लाहान प्रहरीका अनुसार साइकलको केरियरमा बोरामा राखेको वम १२ बजेर ४३ मिनेटमा विस्फोट भएको हो । विस्फोट भएको ठाउँबाट गोइतको पर्चा फेला परेको छ ।

यता जयकृष्ण गोइतले जारी गरेको विज्ञप्तीमा नेपाल सरकारले बन्दुकको नालमा ज्यादती बढाएको भन्दै विस्फोट गराएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.