हुलाकी न्यूज, जनकपुरधाम ।
चुनावका दिन जनकपुरधामस्थित डेराबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत हिरासत मुक्त भएका छन् ।

उच्च अदालत जनकपुरले राउत विरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै हिरासत मुक्त गर्न आदेश दिएको हो ।

उच्च अदालतका रेजिष्टार मानबहादुर कार्की समक्ष प्रहरीले डा.राउतलाई बुधबार रिहा गरेको हो ।

२१ गते मतदान भइरहेका बेला दिउँसो ११ बजे प्रहरीले डा.राउतलाई पक्राउ गरेको थियो ।
प्रहरीले राउतलाई निर्वाचन कसुर अन्तरगत पक्राउ गरेको थियो ।
निर्वाचनका क्रममा पक्राउ परेका राउतका अन्य कार्यकर्ताहरु पनि हिरासत मुक्त हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.