हुलाकी न्यूज, काठमाडौं ।
प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ सबभन्दा बढी मत दुई नम्बर प्रदेशमा बदर भएको छ । दुई नम्बर प्रदेशमा करिब ९ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

मधेशका जिल्लामा डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मत बदर अभियानसमेत चलाएको थियो । जसकारण बदर मतको प्रतिशत बढी भएको अनुमान गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य मधेशका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको जानकारी दिए ।

प्रमुख यादवका अनुसार सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक रहेको छ ।

स्थानीय निकायको निर्वाचनमासमेत स्वतन्त्र मधेश गठबन्धनले कोठली बाहर मतदान अभियान चलाएको थियो ।

जसकारण मधेशका जिल्लाहरुमा बदर मतको संख्या बढी रहेको थियो । अहिले पनि डा.राउतको अभियानका कारण बदर मतको संख्या बढी रहेको आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.