रंजन भण्डारी
महोत्तरी,२७ मंसिर ।
महोत्तरीमा प्रदेश तर्फ तिनजना महिला नेतृ विजयी भएकि छिन । माओवादी केन्द्रबाट शारदा थापा र राजपाबाट सुरीता कुमारी साह र रानी कुमारी तिवारी प्रदेश सभा सदस्यमा जितेकी हुन । महोत्तरीको राजनितिमा महिला नेतृहरुको सहभागिता न्युन भएको अवस्थामा तिनजना नेतृ निर्वाचित हुनु सम्पुर्ण महिला वर्गकै लागि गौरवको विषय छ ।
क्षेत्र नं. २ को प्रदेश २ बाट १५४४० मत ल्याई निर्वाचित भएकि महिला नेतृ सुरीता कुमारी साह भावी प्रदेश मुख्यमन्त्रीको समेत दावेदार हुन । नेतृ साह महोत्तरीको चारवटै निर्वाचन क्षेत्रका ८ जना प्रदेश सभा सदस्य मध्ये सवैभन्दा वढी मत ल्याएर विजयी भएकि हुन ।

मधेशी मुद्दा र महिला शसक्तिकरण आफ्नो पहिलो प्राथमिकताः

“मधेशमा महिला हिंसाको घटना वढ्दो छ । दाईजोको लागि तथा विभिन्न वहानामा महिला मार्ने,घर निकाला गर्ने,महिलासंग विभिन्न हिंसात्मक व्यवहार गर्ने कार्य मैले गनाईराख्नु पर्ने जस्तो लाग्दैन ।” “आफु निरन्तर राजनितिमा लागेको र महिला शसक्तिकरणको लागि निरन्तर लागिरहेकि छु । यता सामाजिक कुरितीको सिकार पनि महिला वर्गमात्रै हुने गरेको तितो यथार्थ हामीसंग छ । त्यहि भएर मधेश मुद्दा आफ्नो पहिलो प्राथमिकतामा भएपनि आफुले महिला मुद्दालाई पनि समान रुपले अगाडी वढाउने सोचाई मा छु ।” नेतृ साह बताउछिन ।
महिलाको शिप विकासको लागि कार्यक्रम,उनीहरुको उच्च शिक्षाको व्यवस्था तथा महिला समेत स्वतन्त्र र कुनै डर विना रोजगारी गर्न सक्ने वातावरणको निर्माण आफ्नो प्राथमिकतामा हुने बताउछिन । उनी महिला हिंसाको घटना न्युन गर्न महिलालाई पुर्ण सामथ्र्यवान बनाउन आफ्नो शक्तिले भ्याएसम्म को काम गर्ने बताउछिन ।

भावी मुख्यमन्त्रीको प्रवल दावेदार ः

नेतृ साह प्रदेश नं. २ को भावी मुख्यमन्त्रीको प्रवल दावेदार हुन । महोत्तरीमै प्रदेशमा सवैभन्दा वढी मत ल्याएर उनले महिला तथा मधेशकै लागि गौरव वढाएको उनका समर्थकहरुको भनाई छ । अहिले प्रदेशमा उनको मुख्यमन्त्री पदको लागि दावेदारी हुने र उनी नै मुख्यमन्त्री बन्ने चर्चा समेत व्यापक छ । मधेश आन्दोलनका साथै विभिन्न समयमा भएको आन्दोलनमा उनको सहभागिता निरन्तर थियो । पुर्व राज्यमन्त्री समेत भईसकेकि नेतृ साह हाल राजपा कि महासचिव हुन । हाल नेतृ साह निर्वाचित भएपछि घर घर पुगेर धन्यवाद दिन व्यस्त छिन ।
ई.सं. १९६६ मा जन्मिनु भएकि साह विद्यार्थीकाल देखि नै राजनितिले प्रभावित गरेको बताउछिन । उनी मधेशी को अधिकार सुनिश्चितता गर्न महिलाको भुमिका अहम र निर्णायक बनाउन समेत हरेक आन्दोलनमा आफु समान सहभागिता जनाउने गरेको नेतृ साहले बताईन ।
टियु बाट एमएससीको शिक्षा हासिल गरेकि नेतृ साह अवको पाच वर्षमा समृद्ध देश र विकसित मधेशको निर्माण तथा सवै तहमा महिलाको समान पहुच र उपस्थितिकै लागि काम गर्ने र सफलता समेत पाएर देखाउने बताउछिन ।
नोट ः निर्वाचित भएपछि प्रमाणपत्र लिदै र विजय पछिको र्यालीको केहि तस्विरहरु समेत पठाउको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.