काठमाडौं : उपेन्द्र यादव पहिलो मधेश आन्दोलनबाट मधेश राजनीतिमा उदाए। आन्दोलनकै बलमा अचानक राजनीतिमा ठूलो उचाई लिएपछि उनलाई ‘एक्सिडेन्टल’ नेता पनि भन्ने गरिन्छ।

यादवको राजनीतिक यात्रा ठूलो नै छ  राजदरबार निकटसँग उठबसबाट राजनीति सुरु भएको यादवको मालेको पनि यात्रा ठिकै रह्यो। माओवादीसँगको निकटता पछि उनी मधेश राजनीतिमा होमिए।

विराटनगरमा शिक्षण पेशामा लागेका यादवले सन् १९९७ मा मधेशी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेका थिए। सोही मञ्चबाट उनी मधेश राजनीतिमा लागे।

नेपालमा संकटकालका बेला उनी आप्रवासमा पनि बसे। यसक्रममा भारतमा उनी जेलमा समेत परेका थिए। २०६३–६४ को मधेश आन्दोलनबाट उनी राजनीतिको चर्चामा पुगे। आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेश र संघीयता, समावेशीको मुद्दा उठाएर उनी अगाडि बढे।
०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी दुई स्थानबाट चुनाव जितेका थिए। पहिलो संविधान सभामा मोरङ ५  र सुनसरी ५ बाट उनी विजयी भएका थिए। पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाएको फोरम टुक्रँदै १३ सिटमा सीमित भएको थियो।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सोही दुई स्थानबाट चुनावमा उठेका थिए तर मोरङमा पराजित भएका उनी सुनसरीमा विजयी भए।

दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग उनले एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेका थिए। स्थानीय तहको निर्वाचनअगाडि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणको तयारी भए पनि अन्त्यमा अध्यक्ष पदको विवादका कारण सफल हुन सकेको थिएन। यद्यपि भट्टराईको पार्टी उनकै पार्टीको मसाल चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा गएको थियो।

०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी सप्तरी २ बाट निर्वाचित भएका छन्। वाम गठबन्धनका उम्मेदवार एवं पूर्व मन्त्री उमेश यादवलाई पराजित गरेका उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो।

यससँगै उनी तीन पटक लगातार जित्ने नेता अर्थात् ‘ह्याट्रिक’ गर्ने नेतामा परेका छन्।

२०१७ सालमा सप्तरी मै जन्मेका यादव बसाई सराई गरी सुनसरी पुगेका थिए। उनका छोरा अमरेन्द्र यादव ‘दीपेश’ पनि राजनीति मै छन्।

http://www.pahilopost.com/content/-43453.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.