हुलाकी न्यूज, गौर ।
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रौतहटबाट खाता खोलेको थियो। राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

झाले २१ हजार ८५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णा यादवले १५ हजार चार सय ८४ मत ल्याए।

उनी संसदीय निर्वाचनमा तेस्रो पटकमा विजयी भएका हुन्। २०५१ को मध्यावधी चुनावमा उनी पराजित भएका थिए भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा एमाले नेता माधव नेपालसँग पराजित भएका थिए। उनी पहिलो संविधान सभामा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट समानुपातिक सभासद भएका थिए।

स्व।गजेन्द्र नारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको विद्यार्थी संगठन विद्यार्थी मञ्चबाट राजनीति थालेका झा मधेश राजनीति मै सक्रिय छन्।

पहिलो संविधान सभाताका उनी एक पटक उद्योगमन्त्री समेत भइसकेका छन्। महतो नेतृत्वको सद्भावनाबाट टुक्रिएर उनले संघीय सद्भावना पार्टी गठन गरेका थिए। त्यसपछि उनले सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीसँग एकीकरण गरेर नेपाल सद्भावना पार्टीका अध्यक्ष भएका थिए। हाल उनी राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.