हुलाकी न्युज, सप्तरी | सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी हुनु भएको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गर्नुभयो ।



