
हुलाकी न्युज, सिरहा | सिरहाको प्रारम्भिक मत परिणाममा संघिय समाजवादी फोरम नेपालका उम्मेदवार अगाडि देखिएका छन् ।
प्रतिनिधिसभा सिरहा क्षेत्र नं २ मा संघिय समाजवादी फोरमका शत्रुधन प्रसाद सिंह चार हजार २३७ मत ल्याई अग्रता कायम गरेका छन् भने दोस्रोमा नेपाली कांग्रेसका राम चन्द्र यादव तिन हजार ६०० मत पाएको छ |
प्रदेश सभा सिरहा क्षेत्र नं २ को १ मा संघिय समाजवादी फोरमका विजय कुमार यादव तिन हजार ६०६ मत ल्याई पहिलो स्थानमा र नेपाली काँग्रेसका शैलेन्द्र कुमार यादव दुई हजार ५८८ मतले दोस्रो स्थानमा पाएको छ ।



