हुलाकी न्युज, जनकपुरधाम | ऋषिदेव मुसहर समुदायले गरे प्रदेश र प्रतिनिधी सभाको आजको चुनाव बहिष्कार देशका मुख्य दलहरुका प्रमुख तथा जिम्मेवार नेताहरुले मुसहर समुदायको राजनितीक अधिकारको सुनिश्चित गर्न अलिकति पनि सकारात्मक भावना नदेखाएको र पुर्ण रुपमा बेवास्ता देखाएकोले गर्दा मोरंड देखि नवलपरासी सम्मका मुसहर समुदाय आज भइ रहेको प्रदेश तथा प्रतिनिधि सभाको चुनाव रुपमा बहिष्कार गरेको छन् ।

हामी बाध्य भएर यो बहिष्कार गर्दै छौं, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानका संयोजक पचुलाल माझीले बताए । । हामीले पुर्ण रुपमा बहिष्कार गर्न नै खोजेको भए, यी १२ वटा जिल्लाहरुमा कम से कम १२ वटा चुनाव क्षेत्रमा मुसहर समुदायको पुर्ण रुपमा चुनाव बहिष्कार गर्न सक्थ्यौं ।

तर हामी यस्तो गरि राखेका छैनौ, नेपाल ऋषिवंशि कल्याण संघका आधिकारीक प्रतिनिधी चतुरलाल ऋषिदेवले जानकारी दिए । आज भई रहेको प्रदेश तथा प्रतिनिधी सभाको चुनाव बहिष्कार गर्नेमा मोरंड।, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन र नवलपरासी गरी १२ जिल्ला विभिन्न गांउहरुमा बसोबास गर्ने मुसहर समुदायको विभिन्न टोलहरुले पुर्ण रुपमा चुनाव बहिष्कार गर्दै भोट दिन मतदान केन्द्रमा नगई आ आफ्नो घरमा बसेका छन् । देश भरिको प्रत्येक टोलमा चुनावको सांकेतिक बहिष्कार स्वरुप ठुलो कालो झण्डा हिजो र आज राखिएको थियो ।

यस्तै बहिष्कार गर्नेमा सर्लाही जिल्लाका चन्द्रनगर गांउपालिकाका बबरगंज, बिर्ताबजार, दोनबारी टोल, गडहा टोल, पोखरिया गरी पांच वटा मुसहरी टोलका ४०० भन्दा बढी घर परिवारले आजको प्रदेश तथा प्रतिनिधी सभाको चुनाव बहिष्कार गरेको छ । यसैक्रममा महोत्तरी जिल्लाका गौशाला नगरपालिकाका मुसहर समुदाय र अन्य १० जिल्लाका विभिन्न गांउपालिका र नगरपालिकाहरुका मुसहर समुदायले आजको चुनाव बहिष्कार गरेका छन् । हामी लोकतन्त्र विरोधी होइन, हामी चुनाव विरोधी पनि होइन । हामी कुनै पार्टीको पनि विरोधी होइन, हामी कुनै व्यक्तिको पनि विरोधी होइन । हामी शोषण, विभेद, अन्याय र सामन्ति मानसिकता, सोच, व्यवहार तथा परिपाटीको विरोध स्वरुप प्रदेश तथा प्रतिनिधी सभा चुनावको यो बहिष्कार गर्ने निर्णयमा पुग्न बाध्य भएका छा्रैं ।

हामी नेपालको संविधान २०७२ मा लेखिएको समावेशी समानुपातिक प्रावधानलाई कार्यान्वयन गर्नमा सहयोग गर्नको लागि सकारात्मक दवाव स्वरुप यो बहिष्कार गर्न बाध्य भएको छौ, पचुलाल माझी ले बताए । देश भरिका १२ लाख भन्दा मुसहर समुदाय विगत एक महिना देखि राष्ट्रिय सभामा आफनो प्रधिनिधित्व सुनिश्चित गराउन आन्दोलनरत छन् । स्थानीय तहको चुनाव, प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव मार्फत मुसहर समुदायको राजनैतिक प्रतिनिधित्व शुन्य हुने अवस्था देखेर देश भरिका मुसहरहरुले आफनो राजनैतिक आन्दोलन गर्न बाध्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.